आइतबार, वैशाख ७, २०८२

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २८७० पुग्यो, ८० हजार संक्रमित

नेपालखोज २०७६ फागुन १८ गते ८:३०

एजेन्सी । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को त्रास यतिबेला विश्वभर फैलिएको छ । हालसम्म यसकारकारण ज्यान गुमाउनेको संख्या २८७० पुगिसकेको छ ।

वल्र्ड्मिटरले उपलब्ध गराएको रिपोर्ट अनुसार शनिबारमात्रै ३५ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७९८२६ पुगेको छ ।
७३६५ जनाको अवस्था गम्भिर रहेको छ ।

चीनले आउने दुई महिनाभित्र कोरोना भाइरस नियन्त्रणमा आउने जानकारी दिएको थियो । पछिल्लो समय विस्तारै कोरोना भाइरस संक्रमितहरुको संख्यामा पनि कमी आएको बताइएको छ । ४१८२५ जना संक्रमितहरु उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

प्रतिक्रिया