आइतबार, वैशाख ७, २०८२

कोरोनाका करण भारतमा थप एक जनाको मृत्यु

नेपालखोज २०७६ चैत १ गते १४:५६

एजेन्सी । भारतमा कोरोना संक्रमित थप एक जनाको मृत्य भुएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

यसअघि मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको मृतयु भएको थियो । उनी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति थिए । भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया