आइतबार, वैशाख ७, २०८२

एनआईसी एशियाको नयाँ योजना, सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

नेपालखोज २०७६ चैत १५ गते २१:१८

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । वैकले मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने छन्।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने वैकले जनाएको छ । यो योजना चैत मसान्तसम्म लागु हुने वैकले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको एनआईसी एशिया वैकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया