आइतबार, वैशाख ७, २०८२

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

नेपालखोज २०७६ चैत १८ गते १६:०२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उनीहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए ।

बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेकाबेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेका थिए । उनीहरु क्यानाडाबाट लस एन्जलसहुँदै त्यसतर्फ जान लागेका हुन् । राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ ।

क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उडेका हुन् । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उनीहरु उडेका थिए । कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आएका थिए। अहिले अमेरिकाको क्यालिफोर्निया पुगेका हुन् ।

उनीहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसकेका छन् । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लागेका उनीहरुलेआफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेका हुन् ।

प्रतिक्रिया