आइतबार, वैशाख ७, २०८२

कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी

नेपालखोज २०७६ चैत २१ गते १६:०२

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् ।
भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । उनले भने, कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन ।

उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखेका हुन् ।
सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सम्बोधनका क्रममा राखेका हुन् ।

भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गरेको सम्बोधनका क्रममा उनले भने– हामी सबैजना घरमै छौँ तर यो कोरोना भाइरसका बिरुद्ध हामी कसरी लड्न सक्छौँ होला भन्ने तपाईहरुलाई लाग्न सक्छ तर यो लडाईँमा कोही एक्लो छैन, सबै भारतीय नागरिक एक आपसमा साथ रहेका छन् ।

प्रतिक्रिया