बुधबार, वैशाख १०, २०८२

आठ महिनामा रु ३४ लाख राजस्व

नेपालखोज २०७७ वैशाख १६ गते १४:५४

प्यूठान । चालु आर्थिक वर्षको आठ महिनामा प्यूठान जिल्ला ट्राफिक कार्यालयले रु ३४ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि फागुन मसान्तसम्म पाँच हजार ८९४ सवारी साधन कारवाहीबाट रु ३३ लाख आठ हजार राजस्व संकलन भएको हो ।
गत वर्षभन्दा यस वर्ष सवारी साधन बढी भएका कारण राजस्व पनि औसत धेरै देखिएको जिल्ला ट्राफिक कार्यालय देवीस्थानका प्रमुख मधु थापाले बताए ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा रु ६ हजार ४७५ सवारी साधन कारवाहीबाट रु ३५ लाख सात हजार राजस्व संकलन गरिएको ट्राफिक कार्यालय तथ्याङ्कमा उल्लेख छ । गत वर्ष चैतमा मात्रै रु दुई लाख ८० हजार सवारी साधन कारवाहीबाट राजस्व संकलन भएको थियो ।
यसैबीच जिल्लामा एक महिनामा २३४ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । लकडाउनका समयावधिमा बिनाअनुमति सञ्चालनमा आएका ट्रयाक्टर, मोटरसाइकल र स्कुटरमा सवार व्यक्तिका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए।

प्रतिक्रिया