बिहीबार, वैशाख ११, २०८२

१२ हजारलाई राहत

नेपालखोज २०७७ वैशाख १६ गते १४:५८

गुल्मी । गुल्मीका १२ स्थानीय सरकारले पहिलो चरणमा १२ हजारभन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएका बेला नेपाल पनि यसको प्रत्यक्ष असर परेको छ ।

यहि कारण सरकारले देशलाई लक गरेको छ । लक डाउनका कारण कामहरु ठप्प भएकाले कमजोर आर्थिक स्थिति भएका र ज्यालादारीमा जिवन विताउँदै आएकालाई समस्या परेकाले राहात वितरण गरिएको हो । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाले पहिलो चरणमा १२ हजार २७० जना लाई राहत वितरण गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया