आक्रमणमा चार जनाको मृत्यु
नेपालखोज
२०७७ वैशाख १७ गते १३:२१
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको नजिकै बुधबार रिशखोर क्षेत्रमा एक आत्मघाती आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अफगान गृहमन्त्रालयका प्रवक्ता तारेक आरियनले बताए।
प्रवक्ता तारेकले उक्त बम हमला स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे भएको जानकारी दिए। आत्मघाती सहित चार जनाको घटनास्थलमै मृत्यु भएको र घाइते अरु १५ जनाको अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रवक्ता तारेकले उक्त आत्मघाती बम हमला तालिबान समूहले गराएको दाबी गरेका छन् । तर तालिबान समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन ।
सम्बन्धित
प्रतिक्रिया