३९७ मध्ये १७५ जनाको पिसीआर नतिजा नेगेटिभ
नेपालखोज
२०७७ वैशाख १७ गते १३:४९
सिरहा । सिरहामा ३९७ जनाको गरिएको स्वाब परीक्षणमा १७५ को पिसीआर नतिजा नेगेटिभ आएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले ३९७ जनाको थ्रोट स्वाब सङ्कलन गरी शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौँमा पिसीआर विधिबाट गरिएको जाँचमा १७५ जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
बाँकी २२२ जनाको नतिजा भोलिसम्म आइपुग्ने पनि उनले बताए। सङ्कलित स्वाबमध्ये सिरहाको लहान नगरपालिका क्षेत्रका ६९ र मिर्चैयाका क्षेत्रलगायतका १६ गरी १७५ जनाको नतिजा नेगेटिभ आएको प्रमुख यादवको भनाइ छ । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ६४ को स्वाबको पिसीआर परीक्षण गर्दा ६२ जनाको नतिजासमेत नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया