कोभिड–१९ उपचार केन्द्रका लागि सहयोगको आग्रह
नेपालखोज
२०७७ वैशाख १७ गते १६:३६
विराटनगर । प्रदेश नं १ सरकारद्वारा सञ्चालित विराटनगर–१० स्थित कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थासँगको छलफललाई तीव्रता दिएको छ ।
प्रदेशमा कार्यरत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सहयोग गर्न सबैमा अपिल गरे ।
केन्द्रलाई सहयोग गर्न इच्छुक संस्थाले आगामी वैशाख १९ गतेभित्र सहयोगको विवरण उपलब्ध गराउन र विगतमा गरिएको सहयोगका लागि मन्त्रालयले धन्यवाद दिएको छ । केन्द्रका लागि विभिन्न गैरसरकारी संस्थाले आइसियु श्यया, स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया