शव फेला
नेपालखोज
२०७७ वैशाख १८ गते १५:१४
सिरहा । सिरहाको नरहा गाउँपालिकामा आज झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । नरहा गाउँपालिका–५ बलुवा टोल निवासी ४५ वर्षीय दरी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
गाउँको पूर्वपट्टि खेतमा रहेको आँपको बोटमा घाँटीमा डोरी लगाई झुन्डिएको अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सिरहा अस्पताल ल्याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया