बिहीबार, वैशाख ११, २०८२

सर्पको डसाइबाट निधन

नेपालखोज २०७७ वैशाख २१ गते १४:३५

काठमाडौँ । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताए । उनको अन्तिम दाहसंस्कार आजै भएको छ ।

प्रतिक्रिया