बुधबार, वैशाख १०, २०८२

वैदेशिक रोजगारीबाट फर्किनेका लागि बजेटमा स्पष्ट योजना ल्याउनु पर्छ : पूर्वअर्थमन्त्री पाण्डे

नेपालखोज २०७७ वैशाख २२ गते १३:४०

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पार्ने प्रभावको मूल्य राजनीतिले चुकाउनु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको सोमबार बसेको बैठकमा उनले वैदेशिक रोजगारीमा गएकाहरू रोजगारी गुमेर फर्किए पछि व्यवस्थापन गर्न नसक्दा त्यो अवस्था आउनसक्ने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएर आउनेहरूका लागि बजेटमा स्पष्ट योजना ल्याउनु पर्ने पाण्डेको सुझाव थियो । खाडी मुलुकहरू, कोरिया र भारतमा काम गर्न गएकाहरू कोरोनाको प्रभावबाट कति फर्किन्छन् भन्ने यकिन भइनसकेको अवस्थामा सरकारले समयमा नै सचेत बन्नुपर्ने उनको सुझाव थियो ।

स्थानीय तहहरूलाई कति मानिस वैदेशिक रोजगारीबाट फर्किएका छन् भन्ने तथ्यांक लिन भन्नुपर्ने उनले सरकारलाई सुझाए ।

प्रतिक्रिया