आइतबार, वैशाख ७, २०८२

आशा लघुवित्तको १०० प्रतिशतले नाफा बढ्यो

नेपालखोज २०७७ वैशाख २२ गते १६:१३

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक तस्रो त्रैमाससम्म रु. २ करोड ९० लाख २६ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

लघुवित्तको यो नाफा गत आवको सो अवधीको भन्दा ९९.४१ प्रतिशतले बढी हो । गत आवको चैतसम्म लघुवित्तले रु. १ करोड ४५ लाख ५५ हजार खुद नाफा कमाएको थियो ।

यस अवधीका लघुवित्तले रू. २५ करोड २४ लाख ५७ हजार कुल व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानी भने रू. १० करोड ६४ लाख रहेको छ ।  लघुवित्तले हालसम्म रु. ७३ करोड निक्षेप संकलन गरेको छ । साथै, लघुवित्तले रू. २ अर्ब २६ करोड ४७ लाख १७ हजार कर्जा विस्तार गरेको देखिन्छ ।

हाल लघुवित्तको चुक्तापुँजी रू. २३ करोड २२ लाख ८८ हजार रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रू. ६ करोड ४९ लाख पैसा जम्मा गरेको छ ।

यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी १६.६६ रुपैयाँ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात ३७.०९, प्रतिशेयर नेटवर्थ १२७.९५, प्रति शेयर कुल सम्पत्तिको मुल्य १०९९.७८ र तरलता अनुपात १२.८५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया