एन आई सी एशिया बैंकद्वारा १० प्रतिशत ब्याज छुट
काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीलाई ब्याजदरमा बम्पर छुट दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ प्रतिशत कर्जाको ब्याजदर घटाएको बैंकले बैशाख महिनाको किस्ता समयमा तिर्ने ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।
एनआईसी एशिया बैंकले राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याजदर घटाउने बाहेक बैशाख महिनासम्म तिनुपर्ने ब्याज तिरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत तथा जरिवाना ब्याजमा शतप्रतिशत छुट सुविधा दिने योजना ल्याएको हो ।
राष्ट्र बैंकले चैत महिनामा तिनुपर्ने बैंकको किस्ता तिर्दा १० प्रतिशत रकम ब्याज छुट हुने व्यवस्था गरेको थियो । बैशाखको किस्तामा पनि १० प्रतिशत छुट दिने घोषणा गरेको एनआइसी एशिया एकमात्र बैंक हो । अरु कुनै पनि बैंक तथा वित्तीय संस्थाले यस्तो छुटको घोषणा गरेका छैनन् ।
राष्ट्र बैंकले यसअघि चैतको किस्ता चैत मसान्तसम्ममा तिर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । उक्त निर्देशन सबै बैंकले कार्यान्वयन गरेका थिए । तर, एनआइसी एशिया आफैंले बैशाखमा पनि छुटको व्यवस्था गरेको हो ।
प्रतिक्रिया