४३ हजार घरपरिवारले लिए राहत
चितवन । चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ । महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए।
त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालिकाले दुई हजार र इच्छाकामना गाउँपालिकाले एक हजार ८९० घरपरिवारलाई राहत वितरण गरेको उनले बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न समुदायलाई स्थानीय तहले वडा–वडाबाट राहत वितरण गरेको उनले बताए। राहतमा १५ किलो चामल, दाल, नुन र तेल वितरण गरिएको थियो । दास्रो चरणको राहत वितरणका लागि पनि स्थानीय तहले तयारी गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया