बिहीबार, वैशाख ११, २०८२

चट्याङले मरे चौपाया

नेपालखोज २०७७ वैशाख २४ गते १५:१८

सिन्धुपाल्चोक । वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँचवटा चौपाया मरेका छन् । चट्याङबाट वडा नं ४ पाङ्ताङ निवासी छेवाङ तामाङको एउटा गोरु, दुईवटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य श्रेष्ठका अनुसार सँगै रहेका तीनवटा गोठमध्ये दुईवटामा चट्याङ परेको थियो ।

प्रतिक्रिया