बुधबार, वैशाख १०, २०८२

आइतबारदेखि संसदमा प्रि–बजेट छलफल

नेपालखोज २०७७ वैशाख २५ गते १५:५१

काठमाडौं । विश्व नै कोरोना भाइरसको कोरोना भाइरस (कोभिड–१९) को त्रासमय परिस्थितिका बावजुत सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुने भएको छ ।

संविधानले हरेक वर्ष जेठ १५ मा वार्षिक बजेट ल्याउनै पर्ने व्यवस्था गरेका कारण पनि सरकारलाई छलफल गर्नै पर्ने दबाव छ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुबै सदनमा आइतबार र सोमबार प्रिबजेटमाथि छलफल गर्ने कार्यसूचि छ ।

संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । त्यसैगरी जेठ २ मा संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष ०७७÷०७८ को बजेट भने जेठ १५ गते राष्ट्रपति भण्डारीले प्रस्तुत गर्ने कार्यतालिका संसद सचिवालयले प्रकाशित गरेको छ । संविधानले हरेक वर्ष जेठ १५ मा वार्षिक बजेट ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया