बुधबार, वैशाख १०, २०८२

वैशाखमा भन्सार कार्यालयमा राजस्व संकलन शून्य

नेपालखोज २०७७ वैशाख २५ गते १६:४६

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजस्व संकलन प्रभावित भएको छ ।

चालु आवको वैशाखको हालसम्म राजस्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए ।
लकडाउन सुरु भएदेखि नै राजस्व संकलन प्रभावित बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महसुल संकलन नगर्ने आदेश गरेपछि राजस्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७६ चैतमा बन्दाबन्दीअघि ८८ लाख रुपैयाँ र बन्दाबन्दीपछि जम्मा सात लाख रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए । चालु आव ०७६र७७ मा कुल १५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ११ करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया