साढे १४ सयको कोरोना परीक्षण गरिएकोमा नयाँ संक्रमित भेटिएन
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कुनै नयाँ संक्रमित भेटिएको छैन् । पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण भएकोमा नयाँ संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् । यसअघि बुधबार पर्साको वीरगन्जमा दुई महिने बालकसहित १७ जनामा संक्रमण देखिएको थियो ।
अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रतिक्रिया