जलविद्युतमा लगानी जोखिमपूर्ण छ : मन्त्री पुन
नेपालखोज
२०७७ वैशाख २५ गते १८:३३
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत् क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिका मानिस वा समूहलाई निषेध गरिने बताए ।
मन्त्री पुनले विगतमा जसरी सामान्य प्रक्रिया पुरा गर्दैमा सजिलै जेनेरेशन लाइसेन्स नदिइने स्पष्ट पारे । अबका दिनमा काम गर्नेलाई मात्र लाइसेन्स दिइने उनको भनाइ थियो ।
जलविद्युतमा लगानी जोखिमपूर्ण रहेकाले काम गर्न सक्नेले मात्रै लगानी गर्न आग्रह गर्दै उनले नसक्नेले अरु क्षेत्रमा लगानी गर्न सुझाव दिए ।
मन्त्री पुनले प्रतिस्पर्धात्मक र गुणस्तरीय काम गर्ने इमान्दार लगानी कर्तालाई भने सरकारले स्वागत गर्ने स्पष्ट बताए । इमान्दार लगानीकर्ता र स्वच्छ लगानीका लागि पारदर्शी तवरले सहजीकरण गर्न तयार रहेको मन्त्री पुनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया