आइतबार, वैशाख ७, २०८२

मलेसियाले दियो स्वदेश फिर्तिको अनुमति

नेपालखोज २०७७ वैशाख २६ गते १३:०५

एजेन्सी । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिन भित्र टिकटसहित स्वदेश फर्कन अनुमति दिएको छ । मे ७ मा एक विज्ञप्ति जारी गर्दै यो कुरा बताइएको हो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरूले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्ने विज्ञप्ति बताइएको छ ।

लकडाउन लागु हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नुपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ ।

भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यालयबाट गर्नुपर्ने भएमा पहिले नै उयधभचत्र एप मार्फत् समय लिनु पर्नेछ ।

सबै विदेशी नागरिकले भिसासम्बन्धी सबै काम अनलाइनमार्फत् अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने र अनलाइन अपोइन्टमेन्ट नलिई सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया