आइतबार, वैशाख ७, २०८२

आगामी तीन दिनसम्म किट अभाव हुँदैन : निर्देशक श्रेष्ठ

नेपालखोज २०७७ वैशाख २६ गते १४:१५

काठमाडौं । सरकारले किट अभावका कारण कोरोना परीक्षण रोकिएका प्रयोगशालाहरुमा किट पठाएको छ । स्वीजरल्याण्ड सरकारबाट सहयोग आएको किटहरु स्वास्थ्य सेवा विभागले आज प्रयोगशालाहरुमा पठाएको हो ।

स्वास्थ्य सेवा विभागकामहा निर्देशक महेन्द्र प्रसाद श्रेष्ठले किट अभाव भएर पीसीआर परीक्षण प्रभावित भएका प्रयोगशालाहरुमा ५ सयदेखि एक हजारका दरले किट पठाइएको बताए ।

महानिर्देशक श्रेष्ठले नेपालगञ्जमा एक हजार किट सेनाको हेलिकोप्टर मार्फत पनि पठाइँदै छ । उनका अनुसार किट पठाइएका प्रयोगशालाहरुमा आगामी तीनदिन सम्मका लागि अब अभाव देखिने छैन ।

श्रेष्ठका अनुसार किट अभावकै कारण परीक्षण रोकिएको हेटौंडाको प्रयोगशालामा पनि किट र्पुयाइएको छ । त्यहाँ पनि अब पीसीआर विधिबाट कोरोना परीक्षण पुन सुचारु हुने छ ।

सरकारले कोरोना पत्तालगाउन देशभरका १८ वटा स्थान मापीसीआर मेसिन जडान गरेर प्रयोगशाला स्थापना गरेको छ । तर, पीसीआर विधिबाट कोरोना परीक्षणमा प्रयोग हुने एक्स्ट्रयाक्स किट अभाव भएपछि केहीदिन देखि देशभर नमूना परीक्षणको दर कमहुँदै गएको थियो ।

प्रतिक्रिया