बेलारूसमा आगामी अगस्ट ९ बाट राष्ट्रपति चुनाव हुँदै
नेपालखोज
२०७७ वैशाख २७ गते ६:५३
एजेन्सी । बेलारूसमा राष्ट्रपति चुनाव यस वर्षको अगस्ट ९ का लागि तय भएको त्यहाँको संसदले हिजो घोषणा गरेको छ ।
देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष लिदिया इर्मोशीनाले पहल समूह दर्ताका लागि कागजात बुझाउने अन्तिम म्याद मे महिनाको १५ तारिखसम्म रहने बताए ।
पहल समूहमा १०० भन्दा बढी मानिस हुनु पर्नेछ । राष्ट्रपति पदका उम्मेद्वारहरूलाई पहल समूहले कम्तिमा एक लाख हस्ताक्षर सहित प्रस्ताव गर्नुपर्ने बेलारूसको संवैधानिक व्यवस्था रहेको छ ।
उम्मेदवारहरूको मनोनयनका लागि हस्ताक्षर अभियान यही मे २१ देखि सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया