कोरोनाविरुद्धको औषधि क्लिनिकल ट्रायलमा नेपाल पनि सहभागी हुँदै
काठमाडौं । विश्व नै कोरोनाको संन्त्रासबाट गुज्रिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ विरुद्ध औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायल गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने भएको हो ।
अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड–१९ मा प्रभावकारी हुने सम्भावना देखेर डब्ल्यूएचओले विभिन्न देशलाई ट्रायल गर्न आह्वान गरेको हो । यो तेस्रो चरणको क्लिनिकल ट्रायल हो ।
एक सयभन्दा बढी देशले ऐक्यबद्धता जनाइसकेको उक्त क्लिनिकल ट्रायल अभियानमा नेपाल सरकारले पनि सहभागिता जनाउने निश्चित गरेको हो ।
नेपालबाट कति जना ट्रायलमा सहभागी हुने भन्ने निर्धारण डब्ल्यूएचओले गर्ने राष्ट्रिय जनस्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
यो क्लिनिकल ट्रायलमा विश्वभरका एक हजार मानिस सहभागी हुनेछन् ।
प्रतिक्रिया