आइतबार, वैशाख ७, २०८२

राहात बाँड्ने क्रममा झडप हुँदा ७ जनाको मृत्यु

नेपालखोज २०७७ वैशाख २८ गते १३:५१

काठमाडौँ । कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री वितरण भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए । तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताए।

प्रतिक्रिया