चारवटा बम विस्फोट
नेपालखोज
२०७७ वैशाख २९ गते १४:५४
काठमाडौँ । सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा बम विस्फोट भएका हुन् ।
सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।
राष्ट्रिय सुरक्षा महानिर्देशनालय ९एनडिएस० र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।
अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् ।
सम्बन्धित
प्रतिक्रिया