आइतबार, वैशाख ७, २०८२

सनराइज बैंकको वितरण योग्य रकम नोक्सानमा

नेपालखोज २०७७ वैशाख ३० गते १४:५१

काठमाडौँ । सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३.७१ प्रतिशतले घटेर ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले १ अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा ९१ करोड ३४ लाख २५ हजार रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा २३.८९ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४६ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

खुद ब्याज आम्दानी भने १३.२६ प्रतिशतले बढेर २ अर्ब ९९ करोड ४३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्मा सनराइजको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले घटेर १३ रुपैयाँ ९१ पैसामा खुम्चिएको छ । यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया