आइतबार, वैशाख ७, २०८२

जुलाई ३ देखि हुने महिला विश्वकपको छनोट स्थगित

नेपालखोज २०७७ वैशाख ३० गते १६:२७

एजेन्सी । कोभिड–१९ का कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ ।

सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो ।

छनोटमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेको सहभागिता रहने तालिका रहेको थियो ।

प्रतिक्रिया