अफगानिस्तानको एक अस्पतालमा आक्रमण हुँदा १४ जनाको मृत्यु, १५ घाइते
नेपालखोज
२०७७ वैशाख ३० गते १९:२७
एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बावजुत अफगानिस्तानको एक अस्पतालमा आक्रमण भएको छ ।
अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ ।
अधिकारीहरूले सुरूमा शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा बन्दुक आक्रमणसमेत गरिएको उल्लेख छन्।
हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बताएको बिबिसीले समाचार प्रकाशन गरेको छ। त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया