९९ प्रतिशत लगानीकर्तालाई पाखा लगाउँदै शेयर कारोबार
काठमाडौं । उनान्सय प्रतिशत लगानीकर्तालाई पाखा लगाउँदै लकडाउनको समयमा शेयर कारोबार शुरु गरेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । सरकारले कोरोन संक्रमण फैलिन नदिनका लागि गरेको लकडाउनको समयको मौकाको पाइदा उठाउँदै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीहरुको मिलेमतोमा अनलाइन शेयर कारोबार शुरु गरेको आरोप लागेको छ ।
कोरोना संक्रमणको त्रासका कारण यतिखेर लगानीकर्ताहरु गाउँघरमा नै फर्केका छन् । अधिकांश लगानीकर्ता इन्टरनेट एवं अनलाइनको पहुँचभन्दा बाहिर भएका बेला केही व्यक्तिको स्वार्थपूर्तिका लागि अनलाईन शेयरबजार सञ्चालन शुरु गरेको आरोप भने लगानीकर्ताहरुको देखिएको छ । अनलाइन शेयर कारोबार गरेपछि पछि नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले यसको पूर्ण रुपमा विरोध गर्दै भनेका छन्, ‘अहिले मानिसको ज्यान जोगाउने बेला हो पैसा कमाउने बेला होइन । ’
हुन पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अहिले मानिसको ज्यान जोखिमबाट मुक्त गर्ने बेला भएकाले आर्थिक कारोबार नभए पनि केही हुन्न भनेको भोलीपल्टै नेप्सेले अनलाइन शेयरकारोबार गर्न खोज्नु पक्कै पनि दुखत हो । १ प्रतिशत लगानीकर्ताहरुको फाइदाका लागि ९९ प्रतिशत लगानीकर्ताहरुलाई डुवाउने नियतले गर्न लागिएको अनलाइन कारोबार आफू र आप्mनो संस्थालाई कुनै हालतमा स्वीकार्य नहुने उनको भनाई छ ।
अहिले विश्व नै जोखिम अवस्थामा रहेका बेला शेयर कारोवार गर्नु लगानी कर्ताहरुको लागि दूर्भाग्य नै हो । यस्तो अवस्थामा नेपाल धितो पत्र बोर्ड र स्टक एक्सचेन्जका केही पदाधिकारीहरुको स्वार्थपूर्तिका लागि अनलाइन शेयर कारोबार गर्ने प्रपञ्च रचिएको छ ।
‘सरकारले लकडाउन गर्नु भनेको घरभित्र सुरक्षित बस्नु भनेको हो, शेयर किनबेच गर भनेको होइन, अर्का लगानीकर्ता सिर्जना सुवेदीको आक्रोश छ ।
९९ प्रतिशत लगानीकर्ताहरुलाई लकडाउनको अवस्थमा घरमावन्दी बनाएर अनलाइनको नामममा शेयर बजार खोलेर दिनदहार्डा दैनिक रुपमा लगानीकर्ता लुट्ने काम भएको छ , यतिधेरै लगानीकर्ताहरुलाई कारोबारबाट विमुख गराएर लगानीकर्ताहरुको अवौंको सम्पत्ति खरानी बनाउने अधिकार नेप्से र सेवोनलाई नभएको सुवेदीको धारणा छ । अनलाइनका माध्यमबाट शेयर कारोबार सुचारु गर्ने विषयमा लगानी कर्ताहरुको व्यापक विरोधका बावजुत पनि जर्वजस्ती कारोबार गर्ने तयारी रहेको देखिन्छ । यस विषयमा नेप्सेका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह साउन भने सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया