प्रभु बैंकको खुद नाफा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ
काठमाडौं । प्रभु बैंकले एक अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कोरोनाको यस संकटकाबीच पनि बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा नाफालाई कम हुन दिएको छैन । बैंकले अहिले आर्जन गरेको नाफा गएको आर्थिक वर्षको यहि समयको तुलनामा ०.८२ प्रतिशतले बढी हो ।
कम्पनीको वितरण योग्य नाफा पनि ३२.२४ प्रतिशतले घटेर ७७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको वितरण योग्य नाफा एक अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा घटेर २ अर्ब ८ करोड र खुद ब्याज आम्दानी बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
यसैगरि, खराब कर्जा बढेर २=९५ प्रतिशत पुगेको छ भने बेस रेट घटेर ८=९८ प्रतिशतमा झरेको छ ।
कम्पनीका अनुसार समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँले घटेर १९.८९ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १८.४६ रुपैयाँले झरेर १५१.६९ रुपैयाँमा सीमित रहेको छ । १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया