पुम्से विश्व च्याम्पियनसिपमा पुरुष ३० वर्षमुनिको इभेन्टतर्फ नेपालले जित्यो स्वर्ण, रजत र काश्य
काठमाडौँ । पहिलो अनलाइन डेडो विश्व पुम्से च्याम्पिनयसिप अन्तर्गतको पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले स्वर्ण, रजत र काश्य पदक जितेको छ।
१३ औं दक्षिण एसियाली खेलकुद ९साग०का स्वर्ण विजेता कमल श्रेष्ठले विश्व च्यम्पिनयसिपमा स्वर्ण पदक हासिल गरेका छन्। यस्तै, जितबहादुर बोटेले रजत पदक जित्दा प्रेम लिम्बुले काश्य पदक हात पारेका छन्।
उक्त इभेन्टमा नेपालका तर्फबाट ५ जना सहभागी थिए। अर्का सहभागी सुरेन्द्रबहादुर बोट नवौं स्थानमा रहे। उनी ६।८० अंक पाएर नवौं भएका हुन्।
प्रतियोगितामा स्वर्ण, रजत र काश्य विजेताले क्रमशः ७।६७, ७।५४ र ७।५० अंक प्राप्त गरेका छन्।
त्यस्तै, महिला ३० वर्ष मुनिको इभेन्टमा नेपालले रजत पदक प्राप्त गरेको छ। नेपालकी पार्वती गुरुङ ७।३ अंक प्राप्त गर्दै दोस्रो भएकी हुन्।
महिलातर्फ अमेरिकाकी बेट्रिज करिनाले ७।३२ अंकका साथ स्वर्ण पदक जितिन्। उक्त इभेन्टमा सहभागी नेपालकी अर्की खेलाडी सीता तामाङले ६।७ अंक प्राप्त गर्दै १२ स्थानमा रहिन्।
फ्रान्समा सम्पन्न प्रतियोगितामा २४ राष्ट्रको सहभागिता थियो।
प्रतियोगितामा भिडियो पठाएर सहभागी बनुपर्ने थियो, जसमा नेपाली प्रतियोगीका लागि लक्ष्मणबहादुर ऐरले समन्वय गरेका थिए। साथै ऐरले प्रतियोगीलाई प्रशिक्षण पनि गराएका थिए।
पुरुष सिनियर उमेर समूह ९५० वर्षमुनि० इभेन्टमा सहभागीसमेत भएका ऐरले भने आज प्रतिष्पर्धा गर्दैछन्।
प्रतिक्रिया