नेपालका कमलले जिते तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण
नेपालखोज
२०७७ जेठ १ गते १८:३७
काठमाडौं । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् ।
फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् ।
सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भए । त्यस्तै जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भए ।
महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् । अमेरिकी खेलाडी भन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया