बेनेली टीएनटी १५०आई सबैभन्दा बढी बिक्री हुने बाइक, यस्ता छन् विशेषता
काठमाडौँ । नेपाली बजारमा पछिल्लो समयमा सबैभन्दा बढी बिक्री हुने बाइक बनेको छ बेनेली टीएनटी १५०आई । नेपालमा केटीएम इन्टरनेसनल प्रालिले बेनेलीका बाइक बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा सो बाइक २०७६ को पुस महिना तिर भित्रिएको थियो । त्यसपछिको अवधिमा यो नेपाली युवा राइडरहरुले निकै नै रुचाएको मोडल बनेको छ ।
बेनेली टीएनटी १५०आईमा १४९।५ सीसीको लिक्विड कुल्ड इन्जिन छ । यसले ९।५ किलोवाटको पावर र ९।५ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा भएको कम्बी ब्रेक सिष्टमका कारण बाइकलाई रोक्न र चलाउन सहज छ ।
बाइकमा भएको ईएफआई इन्जिनका कारण यसको माइलेज लामो समय सम्म उही रहन्छ । नेकेड फ्रेम भएकाले यसको लुक आकर्षक छ भने अप एन्ड डाउन सस्पेन्सनका कारण राइडिङ अनुभव निकै नै गजब हुन्छ ।
यसमा भएको १९० एमएमको ग्राउन्ड क्लियरेन्सका कारण अफरोडमा समेत चलाउन सहज छ । बेनेलीका अन्य बाइकमा जस्तै यसमा पनि स्ट्यान्ड सेन्सर छ । सेन्सरको कारण यसलाई गियरमा भएको समयमा चलाउन सकिदैन ।
नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख १५ हजार रुपैयाँ छ ।
प्रतिक्रिया