लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोरोनाको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने जानकारी दिएको छ ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा मंगलबार प्रवक्ता विकास देवकोटाले स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको जानकारी दिए ।
सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ । उनले गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए ।
गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी कुल ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया