कोरोना : टोखा नगरपालिकाका १३ जनामा आरडीटी पोजेटिभ
नेपालखोज
२०७७ जेठ ८ गते १३:५५
काठमाडौं । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडीटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।
नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको आरडीटी परीक्षण गरिएको उनले बताए ।
पोजेटिभ देखिएकाको पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बुधबार नगरपालिकाको वडा २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा ७ हेराल्ड कलेज, वडा ५ श्रीसमाज र वडा ९ कान्तिपुर पब्लिक स्कुलमा परीक्षण गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया