आइतबार, वैशाख ७, २०८२

कोरोना : गोरा भन्दा कालाको मृत्यु धेरै

नेपालखोज २०७७ जेठ ८ गते १४:३२

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमणका कारण गोरो भन्दा काला व्यक्तिहरुको बढी मृत्यु भएको छ ।

तथ्याकंका अनुसार कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी अमेरिकी नागरिकको मृत्यु गोराको तुलनामा तीन गुणा बढी भएको पता लागेको हो ।

एपीएम रिसर्चले गरेको अनुसन्धानमा अमेरिकाममा कोरोनाका कारण मृत्यु हुनेमा कालो वर्णका व्यक्तिहरुको संख्या आधी छ भने अन्यको आधी रहेको छ ।

कोरोना भाइरसका कारण अफ्रिकी अमेरिकीहरुको ५०.३ प्रतिशत छ । जबकि गोरोकी २०.७, ल्याटिन अमेरिकीकी २२.९ र एसियन अमेरिकीकी २२.७ छ ।

प्रत्येक २ हजार जनामा १ जना काला अमेरिकीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

अमेरिकाको कुनै प्रान्तमा गोराको तुलनामा सातौं गुना बढी कालो वर्णका अमेरिकी कोरोना भाइरस संक्रमणका कारण मरेका छन् ।

ट्रम्प प्रशासनले गोरा र कालाहरुको स्वास्थ्य असमानताका कारण कालाहरुको बढी मृत्यु भएको बताएको छ । कालामा प्रेसर, सुगर र मोटोपन बढी भएको पाइन्छ । -एजेन्सी 

प्रतिक्रिया