आइतबार, वैशाख ७, २०८२

आज २७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या चार सय ५४ पुग्यो

नेपालखोज २०७७ जेठ ८ गते १९:२१

काठमाण्डौं । नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज रुपन्देही, दाङ, सुनसरी र धनकुटका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय ५४ पुगेको छ ।

अहिलेसम्म कोरोनाको कारण तीन जनाको ज्यान गएको छ भने ४९ जना निको भएका छन् ।

प्रतिक्रिया