आइतबार, वैशाख ७, २०८२

भारतमा कोरोना अवस्था : २४ घण्टामा साँढे ६ हजार बढीमा संक्रमण, मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघ्यो

नेपालखोज २०७७ जेठ १० गते १०:१७

एजेन्सी । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेका छन् ।  त्यस्तै २४ घण्टामा भारतमा १३७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ३ हजार ७२० पुगेको छ । भारतमा अहिलेसम्म ५१ हजार ७८३ जना निको भएका छन् भने ६९ हजार ५९७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

प्रतिक्रिया