हङकङमा पुन प्रदर्शन सुरु
एजेन्सी । गत वर्ष महिनौंसम्म चेलेको चीन विरोधी प्रदर्शन कोरोनाको त्रासले भेहि कम भए पनि पुन हङकङमा प्रदर्शन सुरु भएको छ ।
हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गर्ने बेइजिङको प्रस्तावको विरोधमा आज प्रदर्शन भएको हो । प्रदर्शनमा सयौं मानिस सहभागी भएको अन्तराष्ट्रिय संचार संस्था रोयटर्सले जनाएको छ।
प्रदर्शनलाई मध्यनजर गर्दै हङकङस्थित चिनियाँ प्रतिनिधि कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँ नियमले सर्वसाधारण र व्यापारीलाई असर नगर्नेमा आश्वस्त तुलाउने प्रयासबीच प्रदर्शन भएको हो। चीनले लागु गर्न लागेको नयाँ कानुनले त्यहाँका विदेशी लगानीकर्ता, सरकार र अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहलाई भने झस्काएको छ।
रोयटर्सका अनुसार बेइजिङको विरोध गर्न प्रदर्शनकारीहरू हङकङको कजवे बेमा भेला भएका थिए। त्यहाँ प्रहरीले मानिसहरूको खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले कोरोनाभाइरसको रोकथामका लागि ८ जनाभन्दा बढी मानिस एकसाथ भेला हुन नहुने नियमलाई उल्लंघन नगर्न चेतावनी दिएको थियो।
‘बेइजिङले जारी गर्न लागेको नयाँ कानुनले आर्थिक राजधानीका रूपमा रहँदै आएको हङकङमा चीन सरकारको खुफिया निकायलाई स्थापना गर्न दिनसक्छ। यसैगरी बेइजिङले यहाँको विधान परिषदमा परिवर्तन गर्ने योजना बनाएको छ।
गत वर्ष पनि हङकङमा महिनौंसम्म चीन विरोधी प्रदर्शन भएको थियो। ती प्रदर्शनहरूले गर्दा हङकङमा दशकौंपछि गम्भीर राजनीतिक संकट उत्पन्न भएको थियो। बितेका केही महिनामा भने कोरोनाभाइरसको महामारीका कारण विरोध प्रदर्शनीमा कमी देखिएको थियो।
प्रतिक्रिया