आइतबार, वैशाख ७, २०८२

नाइजेरियन फरवार्ड ओडियन इघालोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता नविकरण नगर्ने

नेपालखोज २०७७ जेठ १३ गते १४:१४

काठमाडौँ ।नाइजेरियन फरवार्ड ओडियन इघालोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता नविकरण नगर्ने भएका छन् ।

चिनियाँ सुपर लिग क्लब सांघाईले युनाइटेडको प्रस्ताव अस्वीकार गरेपछि इघालोको सम्झौता नविकरण नहुने भएको हो ।

चिनियाँ क्लब सांघाईबाट लोनमा युनाइटेड आएका इघालोको सम्झौता मे ३० मा सकिँदैछ ।

३० वर्ष फरवार्ड इघालो गत जनवरीमा सिजनको अन्त्य सम्मको लागि युनाइटेड आएका थिए ।

यसै साता सम्झौता सकिएपनि इघालो थप केहि समय युनाइटेडमा रहने छन् ।

किनकि कोरोना भाइरसको महामारीको कारण लिग स्थगित भएपछि छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता थप गर्ने निर्णय प्रिमियर लिगले गरेको छ ।

युनाइटेडले भने इघालोलाई थप केहि समय क्लबमै राख्न चाहेको छ । युनाइटेडमा उनले मैदान उत्रने मौका समेत पाइरहेका थिए ।

इघालोले युनाइटेडका लागि ४ गोल समेत गरिसकेका छन् । तर, सांघाई भने चिनियाँ सुपर लिग सुरु भएपछि इघालोलाई मैदान उतार्न चाहन्छ । एजेन्सी

प्रतिक्रिया