कोरोना कहर : विश्वभर ३ लाख ५२ हजारको ज्यान गयो, साँढे २४ लाख निको भए
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण तीन लाख ५२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म कोभिड–१९ बाट विश्वभर तीन लाख ५२ हजार २१० जनाको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या ५६ लाख ८४ हजार बढी पुगि सकेको छ । ती मध्य २४ लाख ३० हजार जना उपचार पछि घर फर्किसकेका छन् ।
महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ५ सय ७२ जनाले ज्यान गुमाइ सकेका छन् ।
महामारीको नयाँ ‘हट स्पट’ बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा कुल संक्रमितको संख्या अमेरिकापछि सबैभन्दा धेरै छ । त्यहाँ अहिलेसम्म तीन लाख ९१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट ब्राजिलमा २४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।
संक्रमितको संख्या रुसमा तीन लाख ६२ हजार भन्दा बढी तथा बेलायतमा दुई लाख ६६ हजार, स्पेनमा दुई लाख ३६ हजार र इटालीमा दुई लाख ३० हजार भन्दा बढी रहेको छ । बेलायतमा ३७ हजार १३०, इटालीमा ३२ हजार ९५५, फ्रान्समा २८ हजार ५३३ तथा स्पेनमा २७ हजार ११७ जनाको ज्यान गएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५० हजार ७ सय नाघेको छ भने यसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४४ जना पुगिसकेको छ ।
प्रतिक्रिया