सोमबार, वैशाख ८, २०८२

आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार रहन चीनको निर्देशन

नेपालखोज २०७७ जेठ १४ गते १२:४५

एजेन्सी । चीनले आफ्ना सुरक्षाबलहरूलाई सैनिकहरूको तालिम बलियो बनाउन तथा युद्धका लागि तयार रहन निर्देशन दिएको छ ।

राष्ट्रपति सी चिनफिङले सेनालाई खराब परिस्थितिको सामना गर्नका लागि तयार रहन, तालिमको स्तरोन्नति गर्न, सबै जटिल स्थितिलाई तत्काल र प्रभावकारी रूपमा हल गर्न अनि राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकासलाई दृढतापूर्वक प्रतिरक्षा गर्न आदेश दिएका छन् ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, देशको समग्र रणनीतिक स्थिरताका लागि सीले सेनालाई आदेश दिएका हुन् । अमेरिकासँग तनावको स्थिति, भारतसँग सीमा विवाद, ताइवानका विषयमा चिनियाँ नेताहरूको आक्रामक अभिव्यक्ति र हङकङमा विरोध प्रदर्शनहरू पुनः चर्किएको बेलामा चिनियाँ राष्ट्रपतिको निर्देशन आएको हो ।

दक्षिण चीन समुद्रको विवादित स्थानमा अनि ताइवान जलप्रपातमा अमेरिकी जलसेनाले गश्ती बढाइरहेको छ । त्यसमाथि वाशिङटन र बेइजिङ कोरोनाभाइरसको उत्पत्तिका विषयमा शाब्दिक युद्धमा व्यस्त छन् ।

पाँच दिनअघि चीनले आफ्नो रक्षा बजेट ६।६ प्रतिशतले बढाएर १७९ अर्ब डलर पुर्‍याएको छ । राष्ट्रपति बनेदेखि नै सीले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिँदै आएका छन् ।

प्रतिक्रिया