आइतबार, वैशाख ७, २०८२

श्रीलंकाका बलर ड्रगसहित समातिएपछि निलम्बित

नेपालखोज २०७७ जेठ १४ गते १३:४५

काठमाडौँ । श्रीलंकाली बलर शेहान मदुशंका निलम्बनमा परेका छन्। उनी अवैध लागू औषधसँगै पक्राउ परेपछि निलम्बनमा परेका हुन्।

श्रीलंकन प्रहरीका अनुसार मधुशंकालाई २।७ ग्राम हेरोइनसँगै शनिबार पक्राउ परेपछि प्रहरी थुनामा छन्।

श्रीलंकन क्रिकेटका अनुसार उनको प्रतिबन्ध अहिलेबाटै सुरु हुने छ। तर यो कहिलेसम्म रहने छ भन्ने २५ वर्षे खेलाडीले दिएको बयानमा भर पर्नेछ।

उनले सन् २०१८ मा श्रीलंकामा भएको खेलमा तेस्रो क्याप पाएका थिए। उनले बंगलादेशविरुद्धको खेलमा ह्याट्रिकसहित डेब्यू गरेका थिए।  -एजेन्सी

प्रतिक्रिया