कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण
नेपालखोज
२०७७ जेठ २१ गते १४:००
काठकाडौं । कर्णाली प्रदेशमा आज एकैदिन थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बुधबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
उनले आज कोरोना संक्रमण देखिनेमा तीन जिल्लाका ४ महिनाको शिशुदेखि ४२ वर्ष उमेर समूहका रहेको बताए । उनकाअनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिका–३ का २ जनामा पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरू १९ र २४ वर्षका रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया