सोमबार, वैशाख ८, २०८२

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार नाघ्यो

नेपालखोज २०७७ जेठ २२ गते ६:४७

एजेन्सी । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकामा मात्रै १९ लाख १ हजार नाघेको छ ।

अमेरिकामा यसबाट ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार १४२ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ३ हजार ९७१ जनामध्ये १६ हजार ९३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले उल्लेख गरेको छ ।

त्यस्तै वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ९ सय पुगिसकेको छ । भने विश्वभर संक्रमितको संख्या ६५ लाख ६७ हजार नाघेको छ । तीमध्ये ३१ लाख ६४ हजार बढी उपचार पछि निको भइसकेका छन् ।

प्रतिक्रिया