भारतमा कोराना अवस्था : संक्रमितको संख्या २ लाख १६ हजार नाघ्यो
नेपालखोज
२०७७ जेठ २२ गते ८:२०
एजेन्सी । कोरोनाका कारण हालसम्म भारतमा ६ हजार ८८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा कोरोना भाइरसका कारण बुधबारमात्रै २५९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।
त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार बुधबारमात्रै ९ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा हालसम्म २ लाख १६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै १ लाख ४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया