सोमबार, वैशाख ८, २०८२

न्युजिल्याण्ड कोरोना संक्रमण मुक्त घोषणा

नेपालखोज २०७७ जेठ २६ गते ९:५०

एजेन्सी । ओसेनिया मुलुक न्युजिल्यान्डले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ। नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो।

आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण नदेखिएको जनाइएको छ । “यो वास्तवमा राम्रो खबर हो,” स्वास्थ्य विभागका महानिर्देशक डा. अस्ले ब्लुमफिल्डले भने। गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।

प्रतिक्रिया