बुधबार, वैशाख १०, २०८२

अझै यसरी बढ्दैछ सुनको मूल्य !

नेपालखोज २०७७ जेठ २८ गते १४:४५

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार १६० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ९३५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८७ हजार ७ सय रुपैयाँ थियो । भन्सार दर बढाइनु अनि लक डाउनमा विश्व बजारमा सुनको भाउ बढेकाले पनि नेपालमा मूल्य चुलिएको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया